मंगलबार, भाद्र २३ गते २०८३
images

बिहीबार १०.४४ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 243
    SHARES
  • बिहीबार १०.४४ अंकले घट्यो सेयर बजार

    काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.४४ अंकले घटेर बन्द भएको छ । 

    images

    आज बजार ०.५० प्रतिशतले घटेर २०६८.३१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    यस दिन नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने बढेको छ । आज तीन अर्ब ८७ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार भने तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

    images

    ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार