आइतबार, कार्तिक १६ गते २०८३
images
images

रासायनिक मलको अभाव नहुने गरी काम अगाडि बढाइएको कृषिमन्त्री साहको दाबी

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 341
    SHARES
  • रासायनिक मलको अभाव नहुने गरी काम अगाडि बढाइएको कृषिमन्त्री साहको दाबी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । 

    images

    बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौजाद रहेको बताइन् । उनले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै उनले मलको आवश्यकता पूरा हुने दाबी गरिन् । 

    मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको जानकारी दिइन् । 

    images

    उनले भनिन् “आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको हुँदा मलको अभाव नहुने गरी मन्त्रालयले कार्ययोजना बनाई काम अगाडि बढाइएको छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,”। 

  • सम्बन्धित विषय:

  • # ज्वालाकुमारी साह