काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार आफ्नो दोस्रो स्थापना दिवस मनाइरहेको छ ।
सोही अवसरमा चमतीमा स्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कार्यक्रम सहभागी भएका छन् ।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही लगायत पुगेका छन्।
नेता तथा विभिन्न क्षेत्रका व्यक्ति चियापान कार्यक्रममा सहभागी हुन जाने क्रम चलिरहेको छ ।
.jpg)


