बुधबार, भाद्र २४ गते २०८३
images

माछापुच्छ्रे बेस क्याम्पमा नेपाल टेलिकमको 4G मोबाइल सेवा विस्तार

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 318
    SHARES
  • माछापुच्छ्रे बेस क्याम्पमा नेपाल टेलिकमको 4G मोबाइल सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प  तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी 4G मोबाइल सेवा विस्तार गरेको छ । 

    images

    कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो । 

    यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको द्दन् मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि द्धन् सेवा सञ्चालनमा ल्याईएको छ ।

    images

    समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको 4Gमोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम