सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 249
    SHARES
  • संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । 

    images

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समिति गठन गर्ने निर्णय भएको हो । 

    समितिमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । 

    images


    बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी थिए ।