काठमाडौं । सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो ।
‘ जारीको गरेको विज्ञप्तिमा भनिएको छ,जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ ।, ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ ।’
गत ६ महिनामा ७२ वटा जिल्लाबाट १२४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


