सोमबार, कार्तिक १७ गते २०८३
images
images

सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा सुधार हुदैँन :गभर्नर अधिकारी

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 251
    SHARES
  • सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा सुधार हुदैँन :गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआएसम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने बताएका छन् । 

    images

    आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल बोल्दै उनले यस्तो बताएका हुन् । 

    देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखेका हुन् । 

    images

     उनले भने,“सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ, सहकारीहरू बैंक जस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो,” । “हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौँ । तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो ।”

    अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोवल घटेका कारण खराब कर्जा बढेको उनको धारणा थियो ।