काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


