सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुख्य सचिवबाट निलम्बित वैकुण्ठ अर्याललाई विशेष पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने

एक्सप्रेस पाना
आषाढ १०, २०८१ सोमबार
  • 223
    SHARES
  • मुख्य सचिवबाट निलम्बित वैकुण्ठ अर्याललाई विशेष पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने

    काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको सरुवा गरेको छ ।

    images

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने जानकारी गराइन् ।

    मन्त्री शर्माले भनिन्, "नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने सरकारको निर्णय छ ।"

    images

    अर्यालविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।