सोमबार, कार्तिक १७ गते २०८३
images
images

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न सांसद कंसाकारको आग्रह

एक्सप्रेस पाना
आषाढ १०, २०८१ सोमबार
  • 217
    SHARES
  • बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न सांसद कंसाकारको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरेकी छन् । 

    images

    सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा रहेका  बताइन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेका उनको भनाइ छ । उनले बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले चासो नदेखाएको बताइन् । 

    “नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य छन् । हामीले संविधान र विभिन्न कानुनमार्फत यसलाई रोक्न खोजे पनि यसले सार्थकता पाउन सकेको छैन । बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले यसप्रति चासो देखाएको देखिँदैन,” सांसद कंसाकारले भनिन् । 

    images

    उनले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताइन् । 

  • सम्बन्धित विषय:

  • # सांसद विन्दबासिनी कंसाकार