सोमबार, कार्तिक १७ गते २०८३
images
images

बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई एमालेको ह्वीप

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 285
    SHARES
  • बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई एमालेको ह्वीप

    काठमाडौं । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

    images

    पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताएका हुन् । 

    मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ । 

    images

    यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो । नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।