काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।
सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको


