काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।
बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरूलाई उत्साह जगाउन आवश्यक रहेको बताए ।
उनले भने,“श्रम स्वीकृत भएको विभागको ठाउँ व्यवस्थित भएको छ । कर्मचारीहरुले अत्यन्तै शान्त रूपमा काम गर्नु भएको छ । श्रम विभागबाट हुने सेवामा सुधार भएको छ । त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन । ठगिनु भएन । मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेश मात्रै दिने होइन । कार्यस्थलमा कर्मचारीहरूको अवस्था र उहाँहरूलाई उत्साह जगाउन जरुरी छ,” ।
.jpg)


