सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय छानबिन समितिले माग्यो गृहमन्त्री लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 341
    SHARES
  • संसदीय छानबिन समितिले माग्यो गृहमन्त्री लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात

    काठमाडौं । सहकारी संस्था रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ ।  

    images

    बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको हो ।

    समितिको सदस्यसमेत रहेका सांसद शिशिर खनालले सहकारीको कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्ने बताए । 

    images

    अनुसूची २ अनुसारका छानबिन गर्नुपर्ने सहकारीहरूमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।

    बैठकमा विभिन्न सहकारी अभियन्ताहरूलाई पनि बोलाइएको थियो ।