मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहिबार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १३, २०८१ बिहीबार
  • 273
    SHARES
  • बिहिबार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनचाँदीको मुल्य घटेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आज प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।