मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 329
    SHARES
  • रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

    images

    केन्द्रीय समितिको बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालयमा चःमतिमा बस्ने बताइएको छ । 

    महामन्त्री मुकुल ढकालले गत बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए। सो प्रतिवेदनबारे छलफल गर्न बैठक बोलाइएको हो । 

    images

    गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए।

    समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन्।

  • सम्बन्धित विषय:

  • # रास्वपा