काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् ।
शनिबार धान दिवसको अवसरमा चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्री दाहालले मेसिनबाट धान रोपेका हुन् ।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताए ।
उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाहलगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका छन् । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमा पनि जोड दिने गरी यो दिवस मनाउनुपर्ने कृषिमन्त्री शाहको भनाई छ ।
.jpg)


