काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।
.jpg)


