सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी प्रदेशका मन्त्री फणीन्द्रले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 198
    SHARES
  • गण्डकी प्रदेशका मन्त्री फणीन्द्रले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images

    दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

    उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले कारबाही गरेपछि पद गुमाएका उनलाई सर्वोच्च अदालतले संसद् फर्काएको थियो ।

    images

    नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश दिएको थियो ।