सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 217
    SHARES
  • कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। 

    images

    सोमबार दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।

    बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ । 

    images

    देउवा शनिबार साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तलमाथि हुने टिप्पणी गरिँदै छ ।