शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको दाबी

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 275
    SHARES
  • शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको दाबी

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।

    images

    सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् ।

    उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । 

    images

    उनले भनिन्, "टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर फेरी अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरू राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।"

  • सम्बन्धित विषय:

  • # शिक्षामन्त्री सुमना श्रेष्ठ