सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत, एमालेका मन्त्रीहरू राजीनामा दिने तयारीमा

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 537
    SHARES
  • कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत, एमालेका मन्त्रीहरू राजीनामा दिने तयारीमा

    काठमाडौं । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । 

    images

    सोमबार राति कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले नयाँ गठबन्धन बनाउने सहमति गरेका हुन् ।  दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमतिमा केन्द्रदेखि प्रदेशमा सरकारको मोडलको विषयमा पनि सहमति भएको छ । जस अनुसार एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने भएको छ ।

    सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । 

    images

    मंगलबार नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारीमा छन् । एमालेबाट सरकारमा आठ मन्त्री छन् । 

    कांग्रेस र एमालेबीच सहमति जुटाउन सक्रिय दोस्रो तहका एक नेताका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालबाट पनि राजीनामा आउने दुई दलको विश्वास छ ।