सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 272
    SHARES
  • कांग्रेस–एमाले  गठबन्धनको नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने निर्णय गरेको छ । 

    images

    मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले रास्वपा नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिएका हुन् ।

    अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

    images

    "घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं । सरकारमा जाँदैनौँ उनले भने ।"

    उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।