बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 276
    SHARES
  • प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । 

    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

    सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको बताएका हुन्। 

    images

    उनले भने,"प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं,’ । ‘विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।"

    एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो हुँदा विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल