सोमबार, कार्तिक १७ गते २०८३
images
images

भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार एकरात पनि टिक्न सकेन :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 337
    SHARES
  • भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार एकरात पनि टिक्न सकेन :गृहमन्त्री लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

    images

    मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि केहि व्यक्तिलाई जोगाउन रातारात सरकार परिवर्तन भएको बताए ।

    ‘उनले भने, अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो की त्यो एकरात पनि टिक्न नसक्ने भयो,’,‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

    images

    उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको बताउँदै एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्न समेत गरे ।

  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने