सोमबार, कार्तिक १७ गते २०८३
images
images

सहकारी छानबिन संसदीय समितिले राजनीतिक दलहरूबाट सुझाव लिने

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 251
    SHARES
  • सहकारी छानबिन संसदीय समितिले राजनीतिक दलहरूबाट सुझाव लिने

    काठमाडौं । सहकारी रकमबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ । 

    images

    मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय दलको मान्यता पाएकाहरूबाट सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।

    बैठकपछि कुरा गर्दै समितिका संयोजक सूर्य थापाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए ।

    images

    उनले भने, ‘राजनीतिक दलका विभिन्न नेताहरू संग्लन रहेको पनि पाइएको छ । यसकारण शुद्धीकरण र समस्या समाधानको लागि राजनीतिक क्षेत्रले जवाफदेही ढङ्गले छानबिन अभियानमा साथ दिन आवश्यक छ ।’

    आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # छानबिन संसदीय समिति