काठमाडौं । नेकपा एमालेले कांग्रेससंगको सहमति कार्यान्वयन र स्वागत गर्ने निर्णय गरेको छ
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले कांग्रेससंगको सहमति कार्यान्वयन र स्वागत गर्ने निर्णय गरेको हो ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्ग प्रशस्तका लागि आग्रह गर्ने निर्णय पनि गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने,“कांग्रेस र एमालेको बीचमा मात्रै भएको समझदारी छ । ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको छ,” “सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।”
एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।
.jpg)


