सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक जारी,महामन्त्री ढकालको मुखमा कालो टेप

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 271
    SHARES
  • रास्वपाको केन्द्रीय समितिको बैठक जारी,महामन्त्री ढकालको मुखमा कालो टेप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ ।  

    images

    बिहान साढे ८ बजेदेखि पार्टी कार्यालय चःमतिमा जारी बैठकमा महामन्त्री डा.मुकुल ढकालले  बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् । 

    जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

    images

    महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।