काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ ।
मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


