सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्ने कांग्रेसको निर्णय

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 177
    SHARES
  • एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।

    images

    बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमतिलाई अनुमोदन गरेको कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले बताए ।

    बैठकले एमालेसँग भएका सहमतिलाई अनुमोदन गर्ने र सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । 

    images

     प्रवक्ता महतले भने, "ओली र देउवाबिच सहमति भएको थियो । देशमा स्थायित्व र आर्थिक विकासका लागि सहमति गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसमा साना दललाई पनि जोड्ने,’ । ‘सुरुमा ओलीको नेतृत्वमा सरकारका बन्छ, दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नुहुन्छ । त्यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ ।"