सोमबार, कार्तिक १७ गते २०८३
images
images

विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि कुटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ :प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 273
    SHARES
  • विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि कुटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ :प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

    images

    बुधबार सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

    उनले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताए ।

    images

    उनले भने, "विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ । तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पूरानो छ । यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ ।"

    बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सबलीकरण गर्नुपर्ने बताए ।