सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसका १० भ्रातृ संगठनको महाधिवेशन चैत मसान्तसम्म गर्न निर्देशन

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 256
    SHARES
  • कांग्रेसका १० भ्रातृ संगठनको महाधिवेशन चैत मसान्तसम्म गर्न निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेको छ ।

    images

    पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले म्याद थपको निर्णय गरेको हो । 

    बैठकले भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्नेसमेत निर्णय गरेको छ ।

    images

    नेविसंघसहित तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र थारु संघको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरिएको हो । 

    भ्रातृ संघहरुको म्याद असार १५ गते सकिएको थियो । बैठकले आगामी चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन गर्न समेत निर्देशन दिएको छ ।

    जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने– नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेशः संघका तदर्थ कार्यसमितिहरूको समयावधी लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ ।’