काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा गर्न सुझाव दिएको थियो ।
तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री दाहालले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक बर्तौलाले बताए । उनका अनुसार, प्रधानमन्त्रीलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ ।
‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’
.jpg)


