काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
एमाले र काँग्रेसले सत्ता सहकार्य गर्ने सहमति भएपछि राजीनामा बुझाएका हुन् ।
एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।
प्रधानमन्त्री दहालले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।
.jpg)


