सोमबार, कार्तिक १७ गते २०८३
images
images

चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: परराष्ट्रमन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 266
    SHARES
  • चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: परराष्ट्रमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।

    images

    बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको पनि बताएका हुन् ।

    उनले दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भइसकेको बताए । 

    images

    उनले भने, "बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर गर्यौं । त्यस पछाडि त्यसको व्याख्यात्मक रुप त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो । त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो’,  ‘त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ । नेपाल र चिनको बीचमा बीआरआई इमिपलिमेन्टेशन प्लानलाई अन्तिम रुप दिएर हस्ताक्षर गर्ने सरकारको नीति रहेको छ । यसमा कुनै दुविधा छैन । के प्रश्नहरु उठाउने गरिएको छभने ऋण हो कि अनुदान हो रु यो विषयमा छलफल नगरी हस्ताक्षर गर्नु भएन भन्ने कुरा पनि यदाकदा सुन्नमा आएको छ ।"