काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ भने आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९० रुपैयाँ ०९ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

.jpg)


