मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 268
    SHARES
  • बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    बिहिबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।