सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ :अर्थमन्त्री पुन

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 302
    SHARES
  • सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ :अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन्। 

    images

    शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताएका हुन्। 

    उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने बताए । 

    images

    ‘सरकारले नीतिमार्फत आफ्नो कृषि क्षेत्रलाई कसरी संरक्षण गर्नेरु यति ठूलो प्रतिस्पर्धा छ। भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ,’ उनले भने। 

    सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिएपनि नीति नफेरिने पुनले प्रतिबद्धता जनाए। 

    ‘हामीले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ। धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ। राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरू फेरिन सक्छन्, हाम्रा नीतिहरू फेरिनु हुँदैन। नीतिगत स्थायित्व हुनुपर्छ। कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ। यसमा केही सरकारको जोड छ,’ मन्त्री पुनले भने। 

    चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए।