मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 255
    SHARES
  • राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित

    काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१(बजेट) सर्वसम्मत रूपमा पारित भएको छ ।

    images

    शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।

    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    images

    बैठकमा बजेट आश्रित तीन वटा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक आइतबारको लागि बोलाइएको छ ।