काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने बताएको छ ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने कांग्रेस मुख्य सचेतक रमेश लेखकले बताएका हुन् ।
उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए ।

.jpg)


