काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाल सुन आज तोलामा एक हजार रुपैँयाले बढेर तोलाको १ लाख ४५ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको छ भने,
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


