काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
आइतबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताएका हुन् ।
उनले काँग्रेससँगको सहमती अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेकोले दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने बताए ।
उनले भने,"संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’ ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, उनले भने, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ । यो सरकारले कुनै पनि निर्णय गर्न पाउँदैन। राष्ट्रहित र संविधान हितविपरीतका निर्णय नगर्न हामी आग्रह गर्छौँ ।"
प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको बर्तौलाले जानकारी दिए ।
‘उहाँले २८ गते संसद्मा विश्वासको मत माग्ने गरी पत्र पठाउनु भएको छ । २८ गते विपक्षमा एमालेले मतदान गर्छ’, उनले भने, ‘१० दिन, ७ दिन समय मागिरहनु भएको छरु देशलाई के का लागि त्यहाँ पुर्याउनु हुँदैछ। के का लागि अल्झाउन खोज्नु भएको छ । यो अनुचित कार्य हो ।’
.jpg)


