सोमबार, कार्तिक १७ गते २०८३
images
images

विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सांसदहरूको ध्यानाकर्षण

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 336
    SHARES
  • विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सांसदहरूको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले निरन्तरको वर्षासँगको  बाढी र पहिराबाट सिंगो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपदमा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरेका हुन् ।

    सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा सरकारको ध्यान पुग्न नसकेको बताए। बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्नेमा जोड दिँदै उनले वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए।

    images

    सांसद शंकर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे।

    उनले भने,"७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ,"।

    सांसद नारायणप्रसाद आचार्यले पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

    सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको बताउँदै विपदमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुनपर्ने बताए ।  

    छिरिङ ल्हामु लामा तामाङले वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्णण गराए।

    सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे। सांसद राजु थापाले अविरल वर्षाका कारण सिंगो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरा‍ए।