सोमबार, कार्तिक १७ गते २०८३
images
images

उपसभामुख रानाको अभिव्यक्तिमाथि छानबिन गर्न सांसद पौड्यालको माग

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 268
    SHARES
  • उपसभामुख रानाको अभिव्यक्तिमाथि छानबिन गर्न सांसद पौड्यालको माग

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् ।

    images

    आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु प्रति गम्भीर ध्यमानाकर्षण भएको बताएकी हुन् ।

    उनले भनिन्,‘यही असार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु सञ्चारमाध्यमहरुमा आए । त्यो प्रति मेरो गम्भीर ध्यमानाकर्षण भएको छ ।’

    images

    संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन् ।

    उपसभामुख रानाले भनेकी थिइन्,‘‘घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीय ज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाँहि हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।"

    उपसभामुखको उक्त अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् ।

    सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ । त्यो जायज छ कि नाजायज छ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’