काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १ प्रतिशत बढेको छ ।
आज बजार २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार ६ अर्ब २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १५ को स्थिर रह्यो ।
.jpg)


