सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसुची ?

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 220
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसुची ?

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । 

    images

    बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ र ०८०' पेश गर्ने कार्यसूची रहेको छ ।

    images

    त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।

    त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।