काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, यो दिन चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


