सोमबार, कार्तिक १७ गते २०८३
images
images

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 303
    SHARES
  • बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

    काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ ।

    images

    बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले सोमबार पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

    बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।

    images

    ११० सदस्यीय बागमती प्रदेशमा एमालेको सबैभन्दा बढी ३७ सिट छ भने एमालेको २७ सिट छ । त्यस्तै  माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ ।  

    केन्द्रमा कांग्रेस(एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।