काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ ।
सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


