काठमाडौं । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
अनुशासन समितिको सिफारिसका आधारमा उनीमाथि थप निर्णय लिन वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक जारी छ।
विवादित प्रतिवेदन लेखेको भन्दै अघिल्लो मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरी छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।
.jpg)


